खोटाङमा भूकम्पको धक्का

२९ असोज, खोटाङ 

खोटाङ जिल्लामामा सोमबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर ३२ मिनेटमा जिल्लामा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कुबिन्डे भन्ने स्थानमा रहेको थियो । भूकम्पको तीव्रता भने ४.३ म्याग्निच्युडको रहेको थियो ।

यसअघि असोज १५ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । जलवीरे केन्द्रबिन्दु भएर भूकम्पको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो । भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation