महिला टी-२० विश्वकप : पाकिस्तानलाई हराउँदै न्युजिल्याण्ड सेमिफाइनलमा

२९ असोज, काठमाडौं

महिला टी-२० विश्वकप क्रिकेटमा न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरेको छ। दुबईमा गएराति भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई ५४ रनले हराउँदै न्युजिल्याण्डले अन्तिम चारमा स्थान बनाएको हो ।

न्युजिल्याण्डले चार मध्ये तीन खेलमा जितसहित ६ अंक बटुलेर अन्तिम चारमा स्थान बनाएको छ। न्युजिल्याण्डको जितसँगै पाकिस्तान र भारत प्रतियोगिताको समूह चरणबाट बाहिरीएका छन्।

पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ६ विकेट गुमाएर ११० रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको पाकिस्तान ५६ रनमा अलआउट भयो। उसका लागि कप्तान फतिमा सानाले २१ र ओपनर मुनिबा अलीले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation