पाल्पामा मृत भेटियो चितुवा

मृत चितुवा । फाइल फोटो

२९ असोज, पाल्पा

पाल्पाको तानसेन नगरपालिका–१२ मा एक चितुवा मृत फेला परेको छ ।

चण्डीभन्ज्याङ्ग–जोर्ते सडकको नालीमा सोमबार चितुवा मृत फेला परेको हो । चितुवा मृत्युको कारण खुलेको छैन ।

डिभिजन वन कार्यालयका अनुसार पुच्छर नभएको अवस्थामा मृत फेला परेको चितुवा ४३ इन्च लम्बाइ र २७ इन्च उचाइको छ ।

उक्त चितुवालाई डिभिजन वन कार्यालय, प्रहरी, सामुदायिक वन, वडा कार्यालयका जनप्रतिनिधि र स्थानीयको रोहबरमा डिभिजन वन कार्यालय परिसरमा गाडिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation