आज विश्व हात धुने दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

२९ असोज, काठमाडौं  

अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस। नेपालमा पनि मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यो वर्षको विश्व हात धुने दिवसको नारा ‘किन सफा हातहरू अझै महत्त्वपूर्ण छन्?’ छ।

चिकित्सकका अनुसार शौचालय गएपछि, बालबालिकाको दिसा धोएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनुअघि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने गर्नुपर्छ। साथै बालबालिकालाई पनि साबुनपानीले हात धुने बानी बसाल्नुपर्छ।

साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनले देखाएका छन्। यही चेतना अभिवृद्धि गर्न यो दिवस मनाइन्छ। नेपालमा सन् २००८ देखि विश्व हात धुने दिवस मनाउन थालिएको हो।

दिवसका अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छ समाज र स्वस्थ जीवनका लागि महत्त्वपूर्ण रहेको हात धुनुलाई सबैले व्यवहारमा उतार्नुपर्ने बताएका छन्। उनले आफ्नो दिनचर्यामा नियमितरूपमा हात धुने कार्यलाई समावेश गर्न सबै नागरिकलाई अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation