अप्टिमिष्ट क्लब अफ तुलसीपुरकाे अध्यक्षमा भण्डारी

३ कात्तिक, तुलसीपुर

अप्टिमिष्ट क्लब अफ तुलसीपुरकाे अध्यक्षमा एकराज भण्डारी निर्वाचित भएका छन् । तेस्राे कार्यकालका अध्यक्षमा भण्डारीलाई निर्वाचित गरिएकाे छ, भने बरिष्ठ उपाध्यक्षमा मेघराज घिमिरे, उपाध्यक्षमा बिष्णु योगी, पार्लियामेन्टरियनमा सुर्य प्रसाद शर्मा, जनसम्पर्क अधिकारीमा डम्बर डाँगी, सचिवमा केश कुमार खड्कालाई चयन गरिएकाे छ ।

त्यस्तै डाईरेक्टरहरूमा प्रदिप वली, माधव बस्नेत, बिष्णुकमल न्यौपानेलाई निर्वाचित गरिएकाे छ, भने महासचिबमा मेघराज पोख्रेल,काेषाध्यक्षमा शरण जिएम, प्रवक्तामा दिपक बोहरा र स्वास्थ्य संयाेजकमा ओम प्रकाश न्यौपानेलाई चयन गरिएकाे छ ।
त्यस्तै प्रमुख सल्लाहकारमा विष्णु कुमार देवकाेटा,सल्लाहकारहरूमा झरेन्द्र खरेल, नबराज भण्डारी, घनश्याम डाँगी, गिरीराज डाँगीलाई चयन गरिएकाे छ ।

निर्वाचित तथा मनाेनितहरूलाई शनिबार तुलसीपुरमा कार्यक्रम गरि पद हस्तान्तरण गरिएकाे हाे ।

अध्यक्ष कमल सापकाेटाकाे अध्यक्षता तथा त्रिभुवन बिश्वविद्यालयका सहायक डिन शाेभाकर कडेँलकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे । त्यस अवसरमा प्रमुख अतिथि कडेँलले मानिसमा आशा हुनु पर्ने बताए । आशाले नै तनाब न्यूनिकरण गर्ने भएकाले त्यसले सभ्य समाज निर्माण गर्ने बताए ।

त्यस अवसरमा विशिष्ट अतिथि व्याब्सनका केन्द्रीय उपाध्यक्ष सुवाेध कुमार डाँगी,प्रमुख सल्लाहकार बिष्णुकुमार देवकाेटा, काँग्रेस तुलसीपुरका सभापति सुरेश हमाल, एमाले तुलसीपुरका अध्यक्ष रूपबहादुर खत्री,तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्णबिक्रम डाँगी, अप्टिमिष्ट क्लब अफ घाेराहीका अध्यक्ष सनद गिरी, नेपाल शिक्षक संघ तुलसीपुरका अध्यक्ष लेबेन्द्र केसी, प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
त्यस्तै बर्ष २०२३-२४ मा कार्यकाल सफल बनाउनकालागि भूमिका खेल्ने महासचिब बिष्णु याेगी, डाईरेक्टर डम्बर डाँगी, टिम अधिकारीलाई सम्मान गरिएकाे छ । त्यस्तै
नयाँ सदस्यलाइ पनि स्वागत गरिएकाे थियाे । क्लबकाे संस्थापक मानबहादुर बस्नेतले गरेका हुन् । उनी हाल अप्टिमिष्ट इन्टरनेश्नलको लेप्टिनेन्ट गभर्नर छन् । साथै यस पटक निर्वाचन आयुक्तको रुपमा समेत भूमिका निर्वाह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation