एमालेको सचिवालय बैठक बस्दै

४ कार्तिक, काठमाडौं

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे पार्टी कार्यालय च्यासलमा बैठक बोलाएको ओलीको सचिवालयले जनाएको छ।

बैठकमा समसामयिक छलफल हुने जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर तर्क वितर्क भइरहेका छन्। बैठकमा यस विषयमा छलफल हुन सक्ने नेताहरू बताउँछन्।

यस्तै आजको बैठकमा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङबाट झण्डै ११ रोपनी जग्गा दानका रुपमा लिएको छ। यसको पार्टीभित्रैबाट आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीले सचिवालयको बैठक बोलाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation