दाङमा सर्प महोत्सव हुने !

४ कार्तिक, तुलसीपुर

दाङमा सर्प महोत्सव हुने भएको छ। मानिस र सर्पबिचको द्वन्द्व न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको छ।

महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना हुने महोत्सव संयोजक प्रभात भण्डारीले जानकारी दिए। महोत्सवमा दाङमा पाइने विभिन्न प्रकारका सर्प प्रदर्शनी र तीबारे जानकारी दिइने संस्थाका अध्यक्ष सन्दीप वलीले बताए।

सर्पले टोक्दा के गर्ने, के नगर्ने तथा जिल्लामा सर्पको टोकाइको उपचारको अवस्था, प्राथमिक उपचारलगायतका विषयमा पनि सचेतना प्रदान गरिने उनको भनाइ छ। महोत्सवमा सर्पविज्ञको पनि सहभागिता रहनेछ।

मानिसले सर्पलाई मार्ने क्रम बढेकाले सर्प लोप हुने अवस्थामा रहेको उल्लेख गर्दै अध्यक्ष वलीले सर्प लोप हुँदा पर्यावरणमा असर पुग्ने बताए। सर्प संरक्षण अहिलेको आवश्यकता रहेको उनको भनाइ छ।

त्यस अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिका, दंगीशरण र शान्तिनगर गाउँपालिकामा २० हजारभन्दा बढीलाई सचेतना प्रदान गर्ने लक्ष्य राखिएको छ। महोत्सवमा सर्पसँगै अन्य वन्यजन्तुबारे पनि जानकारी दिइनेछ। दाङमा करिब १५ प्रजातिका सर्प रहेको अनुमान गरिएको छ। तीमध्ये सात प्रजातिका सर्प विषालु भेटिएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation