आँधीका कारण फिलिपिन्समा १४ जनाको मृत्यु, हजारौँ विस्थापित

८ कार्तिक, काठमाडौं

फिलिपिन्समा आँधीसँगै बाढीका कारण १४ जनाको मृत्यु भएको छ। हजारौँ विस्थापित भएका छन्।

उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरू समक्ष पुग्ने प्रयास गरेका थिए। मुसलधारे वर्षाले सडकहरू खोलामा परिणत भएका छन् भने पूरै गाउँ डुबानमा परेका छन्।

उत्तरी फिलिपिन्समा बाढीले कम्तीमा ३२ हजार मानिस आफ्नो घर छोडेर भागेका प्रहरीले बताएको छ।

राजधानी मनिलाबाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा रहेको बिकोल क्षेत्रमा अप्रत्याशित रूपमा उच्च बाढीले उद्धार कार्यलाई जटिल बनाइरहेको प्रहरीले जनाएको छ । ‘हामीले प्रहरी उद्धार टोलीहरू पठाएका थियौँ। तर उनीहरूलाई केही क्षेत्रमा प्रवेश गर्न कठिनाइ भएको थियो’, क्षेत्रीय प्रहरी प्रवक्ता लुइसा कालुबाकिबले भने।

बेलुकीसम्म आँधीको केन्द्र लुजोनको इसाबेला प्रान्तबाट १५० किलोमिटर पूर्वमा रहेको थियो र अधिकतम निरन्तर हावा ९५ किलोमिटर प्रतिघण्टासम्म बढेको राष्ट्रिय मौसम एजेन्सीले जनाएको छ।

यो रातिको समयमा इसाबेलाको तटमा ठोक्किने अपेक्षा गरिएको थियो। यो टापू पार गरेर दक्षिण चीन सागरमा जाँदा थोरै कमजोर हुँदै गएको थियो।

२४ घण्टामा यो क्षेत्रमा ५०० मिलिमिटरभन्दा बढी वा एक महिनाभन्दा बढीको वर्षा भइसकेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation