लेक लागेर ३ जनाको मृत्यु

१० कार्तिक, मुस्ताङ

मुस्ताङमा लेक लागेर दुई विदेशी नागरिकसहित तीन जना पर्यटकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ दर्शन गर्न आएका एक जना अमेरिकन, एक भारतीय र एक जना नेपाली पर्यटक गरी तीन जनाको लेक लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी सूर्यबहादुर बोगटीले मुक्तिनाथ दर्शन गर्न आएका दुई विदेशी र एक नेपालीको लेक लागेर मृत्यु भएको जानकारी दिए। गोरखा नगरपालिका—६ स्थायी वतन भई काठमाडौं नागार्जुन नगरपालिका—१ बस्ने ७० वर्षीय कुलनारायण जोशीको लेक लागेर मृत्यु भएको हो।

मुस्ताङ भ्रमणका लागि साथीहरूसँगै आएका जोशी घरपझोङ—४ जोमसोमस्थित होटल मेसोकोन्दोमा बास बसेका थिए। राति टाउको दुखेपछि जोशी होटलको डाइनिङ हलमा ढलेका थिए।त्यसपछि उनलाई होटलका स्टाफ र प्रहरीको सहयोगमा मुस्ताङ अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

बिहीबार मुक्तिनाथ दर्शन गरी फर्किएका २२ जनाको समूह थासाङ गाउँपालिका—२ होलिडे क्याम्पमा बास बसेको थियो। जसमध्ये अमेरिकन नागरिक ६३ वर्षीय मिलो गोल्डसेजर (पासपोर्ट नं. ए ४७०६४९५९) नाम गरेका पर्यटकको लेक लागेर मुस्ताङ अस्पताल पुर्‍याउँदा मृत्यु भएको डीएसपी बोगटीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation