सांसदसहित रास्वपाका १७ कार्यकर्ता बालुवाटारबाट पक्राउ

१३ कार्तिक, काठमाडौं 

बालुवाटारबाट सांसदसहित रास्वपाका १७ कार्यकर्ता पक्राउ परेका छन्।

पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै रास्वपाका नेता–कार्यकर्ता बालुवाटार घेराउ गर्न पुगेका थिए।

त्यसक्रममा सांसद अशोककुमार चौधरीसहित १७ जना नेता–कार्यकर्ता पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा वीरेन्द्र श्रेष्ठ (ताप्लेजुङ), सांसद अशोक चौधरी, प्रदिप विष्ट (काठमाडौं), सुरेश पोखरेल (झापा), ध्रुब ढकाल (सिन्धुपाल्चोक), नवराज भण्डारी (काठमाडौं), प्रकाश लामिछाने (गोर्खा), रक्षा रायमाझी (काठमाडौं), साहिल प्रिया (नुवाकोट), सवी खड्का (ललितपुर), बुद्धरत्न महर्जन (ललितपुर)  दयाराम नेपाल (सिन्धुपाल्चोक), सुरेन्द्रराज अवाले (ललितपुर), शैलेन्द्र खत्री  (भक्तपुर), उमेश लामा (सिन्धुपाल्चोक), खुसिराम कैनी (तनहुँ) नवराज मुडबरी ( गोर्खा) रहेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation