विपदबाट लुम्बिनीमा पाँच करोडभन्दा बढी क्षति !

२७ कार्तिक, तुलसीपुर 

लुम्बिनी प्रदेशमा विभिन्न विपदबाट पाँच करोड ५० लाख रुपैयाँभन्दा बढी क्षति भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेयका अनुसार विपद्का कारण चालु आर्थिक वर्षको कात्तिकसम्म पाँच करोड ५८ लाख ५२ हजार बराबरको क्षति भएको हो।

सबैभन्दा बढी रोल्पामा रु एक करोड ७१ लाख ४९ हजार र सबैभन्दा कम रुकुमपूर्व र गुल्मीमा शून्य क्षति भएको उनले जानकारी दिए। लुम्बिनीमा ४५२ घटना भएकामा ११४ जनाको मृत्यु भएको छ भने २२९ घाइते भएका छन्।

विपदबाट १० जना बेपत्ता भएका छन् भने ११५ संरचना पूर्ण रूपमा क्षति भएका सूचना अधिकारी पाण्डेयले बताए। उनका अनुसार ३२३ संरचनामा आंशिक क्षति भएको छ। लुम्बिनीमा बाढी, पहिरो, डुबानबाट उक्त क्षति भएको हो।

पहाडी क्षेत्रमा पहिरो तथा तराईमा बाढी र डुबानले बढी क्षति भएको पाण्डेयले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation