डेङ्गुबाट कृषि वैज्ञानिक पौडेलको निधन

२८ कार्तिक, धनकुटा

डेंंङ्गु संक्रमण बाट एक जनाको मृत्यु भएको छ ।

धनकुटाको पाख्रीबास कृषि अनुसन्धान केन्द्रमा कार्यरत कृषि वैज्ञानिक डाक्टर कृष्ण पौडेलको डेंङ्गुको संक्रमणका कारण निधन भएको छ।

पौडेलको मोरङको बुढीगंगा विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

केही दिनदेखि ज्वरो आएपछि धनकुटा जिल्ला अस्पताल पुर्‍याएकामा अस्पतालले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेको थियो।

पौडेल अनुसन्धान केन्द्रमा वैज्ञानिक अधिकृत तथा सूचना अधिकारीका रुपमा कार्यरत थिए। फलफूल विशेषज्ञ रहेका पौडेल पाख्रीबास नगरपालिका–३ चेतनामार्गका स्थायी बासिन्दा हुन्।  उनका दुई सन्तान तथा श्रीमती छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation