नक्कली नोटसहित चारजना पक्राउ

३० कार्तिक, दाङ 

दाङमा प्रहरीले नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १० राइखल्यान बस्ने ३० वर्षीय राममणि चौधरी, तुलसीपुर ८ बस्ने १७ वर्षीय सुमन बिक,  तुलसीपुर ९ दोघरे बस्ने १९ वर्षीय धन बहादुर खत्री र शान्तिनगर गाउँपालिका ४ घरभइ हाल तुलसीपुर ९ बेलुवा बस्ने १७ वर्षीय शिसिर बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

उनीहरूलाई एक हजारका १२ वटा नक्कली नोटसहित बिहीबार राति करिब ९ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तुलसीपुर ९ बेलुवा र तुलसीपुर ५ बसपार्क पीपलबोट स्थित अवैध रुपमा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुरबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनीहरूलाई  नियन्त्रणमा लिइ चेकचाँज गर्दा एक हजारका १२ वटा नोट फेला पारेको  प्रहरीले जनाएको छ। उनीहरूलाई इप्रका तुलसीपुरमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation