पूर्वसभामुख ढुंगानाको निधन

२ मंसिर, काठमाडौं

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।

पारिवारिक स्राेतका अनुसार फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे ८३ वर्षको उमेरका उनको निधन भएको हो ।

अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो ।

ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् ।

उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation