चिर्पट प्रहार गरी श्रीमानको हत्या

४ मंसिर, रुकुमपश्चिम 

रुकुमपश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन्।

चौरजहारी नगरपालिका–२ निवासी ३२ वर्षीया दिपा कुमालले उनका श्रीमान् ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।

प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आज बिहान अन्दाजी २ः३० बजेको समयमा दिपाले आफ्नै श्रीमानको हत्या गरेकी हुन्। उनले चिर्पट दाउराले टाउको हानेर मृत अवस्थामा रहेको भनेर मृतकका छोरा खिम कुमालले प्रहरीलाई खबर गरेका थिए।

सूचना लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दीपेन्द्र रावलको नेतृत्वमा गएको प्रहरी टोलीले हत्या आरोपी महिलालाई नियन्त्रणमा लिएको छ। मृतकको शव भने पोस्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ।

प्रहरीका अनुसार घरायसी विवादको कारण श्रीमान्को हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation