२१ जनवरी १९२४ मा ५४ बर्षको उमेरमा संसार छोडेका भ्लादिमिर लेनिनको शतवार्षिकी स्मृतिका रुपमा यो बर्ष दुनियाँभर उनको राजनीतिक जीवन, विभिन्न विषयमाथिका विचारहरु र आजका कम्युनिस्ट पार्टीहरुको भूमिकामाथि मन्थन चलिरहेको छ । रुसी क्रान्तिकारी, राजनीतिक सिद्धान्तकार र बोल्शेविक पार्टीका नेता समेत रहेका लेनिनका विचारहरु माक्र्सवादमा आधारित थिए । उनले माक््रसवादको विकास गरेर ती विचारहरुलाई रुसको अवस्था अनुसार अनुकूलित गरे । श्रमिक वर्गको पक्षमा आफ्ना विचारहरु बुलन्द गर्दै, श्रमिक वर्गको नेतृत्व गर्ने पार्टीको निर्माण गर्दै रुसमा आफ्नै नेतृत्वमा सोभियत संघको स्थापना गर्नसमेत सफल भए । राजनीति, समाज, शिक्षा, धर्म र संस्कृति सम्बन्धमा उनका विचारहरुले २० औं शताब्दीको प्रारम्भमा एक किसिमको तरंग पैदा गरे । जुन तरंग आज पनि यथावत छ र ती विचारहरुको आज थप सान्दर्भिकता बढ्दै गइरहेको छ । यो विमर्श मुख्यतः उनका धर्म सम्बन्धका विचारहरु, धर्म कसरी श्रमिक वर्गको मुक्तिको बाधक बन्दछ र श्रमिक वर्गको मुक्ति कसरी सम्भव छ ? भन्ने कुराहरुमाथि केन्द्रित रहेको छ ।
धर्म के हो ?
धर्मलाई विभिन्न रुपमा अथ्र्याउने गरिन्छ । यहाँ धर्म शब्दको प्रयोग ईश्वरीय अथवा अलौकिक शक्ति, त्यसप्रतिको पूजा आराधाना भन्ने रुपमा प्रयोग गरिएको छ । धर्म के हो ? भन्ने सम्बन्धमा संसारमा निकै लामो समयदेखि विमर्श हुँदै आएको छ । धर्मलाई कुन रुपमा बुझ्ने भन्ने सन्दर्भमा धर्म मान्ने अथवा ईश्वरको अस्तित्वलाई स्वीकार गर्नेहरुका आफ्नै किसिमका तर्कहरु छन् भने ईश्वरको अस्तित्वलाई स्वीकार नगर्नेहरुका आफ्नै किसिमका तर्कहरु छन् ।
धर्म सम्बन्धमा सबैभन्दा बढी सुनिने कथन माक्र्सले“धर्म जनताको लागि अफिम हो ।” भनेका छन् । धर्म एउटा यस्तो भ्रम हो जसले व्यक्तिलाई वास्तविक दुनियाँबाट अलग्याएर काल्पनिक दुनियाँमा विचरण गराउँछ र भ्रमपूर्ण तरिकाले जिन्दगी बिताउन विवश बनाउँछ । माक्र्सका अनुसार धर्मले श्रमिक वर्गको खास यथार्थबाट ध्यान हटाउने काम गर्दछ । आफैले बाँच्दै आएको जीवनले झेलिरहेका आर्थिक र सामाजिक अवस्थाको कठोर र दुखद वास्तविकतालाई पूर्व जन्मको फल हो भन्ने चिन्तन थोपर्दै अर्को जीवनको आशा प्रदान गर्दै धर्मले व्यक्तिहरुलाई पूँजीवादी संरचना भत्काउनबाट रोक्छ । धर्मले उनीहरुमा यस्तो किसिमको विचार र चिन्तन थोपर्दछ कि मालिकलाई प्रश्न गर्नु र औला ठड्याउनु पनि एक पाप हो । जीवनमा भएको दुःखको पनि कुनै न कुनै अर्थ छ, जस्तो कि अर्को जन्ममा सुख मिल्छ । यो जन्मको प्रतिफल अर्को जन्ममा पाइन्छ । यस्तो किसिमको विश्वासले श्रमिकहरु आफ्नो दुःख स्वीकार गर्न र परिवर्तनको लागि संघर्ष गर्न भन्दा यथास्थितिमा ज्युन प्रेरित गर्दछ ।
मानिसहरु धर्म सम्बन्धमा प्राय यसो भन्दछन्, सामाजिक एकताको मूख्य सुत्र नै धर्म हो । तर माक्र्सले यस्तो एकता सामाजिक भ्रान्तिमा अडिएको बताउँदछन् । धर्मले शासक वर्गकै चाँसो र चिन्ताको सेवा गर्दछ । धर्मले सदैव क्रान्तिकारी विचार र क्रियाकलापलाई वर्जित गर्ने भएका कारण श्रमिकहरु आफू श्रमिक हुनुकै नियति विषयमा पनि जागरुक हुन सक्दैनन् । धर्मले सदैव शासक र पुँजीपतिहरुको रुचिमा आधारित विश्वास प्रणालीलाई बैधता प्रदान गर्दछ र प्रवद्र्धनमा सहयोग पु¥याउँछ । समाजमा हुने विभेद र असमानतालाई यथावत रुपमा स्वीकार गर्न श्रमिक वर्गलाई बाध्य बनाउँछ । यसैकारण श्रमिकहरु आफैमाथिको अन्याय र अत्याचारका विरुद्धमा आवाज उठाउन र विद्रोह गर्न सक्दैनन् ।
नास्तिकता र माक्र्सवाद
नास्तिकता माक्र्सवादको अभिन्न पक्ष हो । नास्तिकताको अनुशरण र अभ्यास नगर्ने कुनै पनि पार्टी कम्युनिष्ट वा माक्र्सवादी पार्टी बन्न सक्दैन । नास्तिक नबनी कुनै पनि व्यक्ति कम्युनिष्ट पार्टीको कार्यकर्ता वा नेता बन्न सक्दैन । लेनिन भन्दथे कि संसारको भौतिकवादी बुझाइ बिना कुनै पनि समाजको वास्तविक बुझाई र विश्लेषण गर्न सकिदैन । धर्मको आलोचनालाई बौद्धिक अभ्यासमा सिमित गरिनु हँदैन, यसलाई क्रान्तिकारी संघर्षको एक अभिन्न हिस्साको रुपमा अभ्यास गरिनुपर्दछ ।
वैज्ञानिक समाजवादको सिद्धान्त र यसको अभ्यासका लागि नास्तिकता माक्र्सवादको एक प्राकृतिक र अविभाज्य भाग हो । धार्मिक अन्धतालाई पश्रय दिने पार्टी अथवा राजनीतिक दल कहिल्यै पनि श्रमिक वर्गको पार्टी बन्न सक्दैन । धर्मलाई काँधमा बोकेर माक्र्स, लेनिनको नाममा खोलिने कुनै पनि पार्टीले खासमा श्रमिक वर्गको प्रतिनिधित्व गर्न सक्दैनन् ।
चर्च र राज्य, चर्च र विद्यालयको पूर्ण पृथकीकरण
धर्म सम्बन्धमा लेनिनको मुख्य जोड चर्च र राज्यको पूर्ण पृथकीकरण गरिनुपर्नेमा रहेको छ । कुनै पनि राज्य त्यो राज्य र राज्यका निकायहरु त्यहाँ प्रचलित धर्महरुबाट मुक्त रहनु पर्दछ । सरकारको कुनै पनि नीतिहरुमा धार्मिक प्रभाव देखिनु हुँदैन भन्नेमा लेनिनको मुख्य जोड थियो । राज्यको शैक्षिक नीति र कुनै पनि शैक्षिक संस्थाहरु धार्मिक मान्यताहरुबाट अलग राखिनुपर्दछ । राज्य धर्मबाट अलग नभएको खण्डमा कुनै पनि व्यक्तिले आफ्ना विश्वासहरु स्वतन्त्र रुपमा चयन गर्न र अभ्यास गर्न सक्दैन ।
धर्मको नाममा गरिने अन्धविश्वासयुक्त गतिविधिले मानिसलाई भाग्यवादी बनाउँछ । व्यक्ति आफ्नो परिश्रम र कर्ममा भन्दा भक्तिमा बढी जोड दिन थाल्दछ । जव कुनै व्यक्ति पसिना चुहाउन र संघर्ष गर्नमा भन्दा धार्मिक गतिविधिहरुको अनुशरणमा केन्द्रित हुन्छ, ऊ कुनै दिन वा रातारात चमत्कार आउने र आफ्नो जीवनमा कायापलट हुने झुटो विश्वासमा बाँच्न पुग्दछ । यस्तो विश्वासले व्यक्तिलाई उन्नति र प्रगतिको सट्टा अधोगतिको यात्रामा पु¥याउँछ र उसको जीवन बर्बाद बन्न पुग्दछ ।
श्रमिक वर्गको भूमिका
लेनिनको विश्वास यो छ कि एकदिन श्रमिक वर्ग धार्मिक विश्वासहरु भन्दा माथि उठ्नेछन् र उनीहरु आफूमाथि भइरहेको शोषणको विषयमा अवगत हुनेछन् । जुन दिन उनीहरुमा वर्ग चेतना जागृत हुनेछ उनीहरु धर्मले सिर्जना गरेका भ्रान्तिहरुमा ध्यान दिन पनि सक्षम बन्नेछन् । यसरी क्रमशः उनीहरु आफूमाथि भएको अन्याय र शोषणको विषयमा सचेत हुँदै अधिकार र न्यायकालागि संघर्षमा उत्रन्छन् र धर्मले प्रदान गरेका सान्त्वनात्मक झुठहरुलाई अस्वीकृत गर्दछन् । लेनिन यसो भन्दछन्, एक दास जसले आफ्नो दासत्वको चेतना हासिल गरेको छ र आफ्नो मुक्तिको लागि संघर्षमा उठेको छ, ऊ आधा दास बन्ने गर्दछ ।
पूँजीपतिहरु धर्मलाई महत्वपूर्ण अस्त्रका रुपमा प्रयोग गरेर श्रमिक वर्गमाथि शोषण गरिरहेका छन् । उनीहरुले यस्तो किसिमको भ्रामक विश्वासको सिर्जना गरेका छन् कि मालिकमाथि प्रश्न गर्नु र विद्रोह गर्नु एक महापाप हो । एउटा मालिक बन्नु र अर्को दास बन्नुमा यहाँ कसैको भूमिका छैन, अघिल्लो जन्ममा गरेका कामहरुको फल हो भन्ने चिन्तन श्रमिकहरुमा थोपरेर उनीहरु श्रमिक वर्गमाथि शोषण गरिरहेका हुन्छन् । यही चिन्तनको त्याग गर्दै, यही विश्वासलाई अस्वीकृत गर्दै माथि उठ्नु नै श्रमिक वर्गको विजयको सुरुआत हो ।
अवसरवादको आलोचना
लेनिनका समयमा रुसमा समाजवादको वकालत गर्ने विभिन्न विद्धानहरु थिए, विभिन्न नेताहरु थिए । समाजवादलाई आफ्नो ध्येय बनाउने विभिन्न धाराहरु थिए। लेनिनले धार्मिक विश्वासहरुलाई स्वीकार गर्ने समाजवादी धाराहरुको तिब्र आलोचना गरे र धार्मिक विश्वास नै श्रमिक वर्गको सबै भन्दा ठूलो शत्रु हो भन्ने निस्कर्षमा पुगे ।
लेनिनले सोसलिस्ट धाराहरुमा अवसरवादको आलोचना गर्दा धार्मिक विश्वासहरुलाई स्वीकार गर्नको सट्टा तिनलाई चुनौती दिनुपर्ने कुरामा मुख्य जोड दिए । उनले यस किसिमको अवसरवादलाई श्रमिक वर्गको चासोहरुको विश्वासघातको रुपमा देखे । धार्मिक विश्वासहरुको समावेशले समाजवादको सारलाई कमजोर बनाउने र श्रमिक वर्गका वास्तविक चासोहरु आर्थिक असमानता र शोषण भन्दा अन्य कुराहरुमा केन्द्रित बनाउने गर्दछ । लेनिनले भनेका छन्, ‘समाजवादका साँचो सिद्धान्तहरु अवसरवादीहरुद्धारा कामदारहरुमा धार्मिक अतिविश्वासलाई प्रवद्र्धन गर्ने साधनमा परिणत गरियो । यसबाट के प्रष्ट हुन्छ भने अवसरवादले वास्तविक समाजवादी विचारधारालाई कमजोर बनाउने र श्रमिकहरु तिनीहरुको वास्तविक चासोबाट विचलित हुने हानिकारक अतिविश्वासलाई कायम राख्ने गर्दछ ।’
वैचारिक संघर्ष
धर्म र पुँजीवाद विरुद्धको संघर्षलाई लेनिनले पूँजीवादी दमन विरुद्धको वैचारिक हिंसाको महत्वपूर्ण हिस्साको रुपमा अथ्र्याएका छन् । श्रमिक वर्गको वास्तविक मुक्ति केवल आर्थिक स्वतन्त्रता मात्र होइन, न्याय र प्रगतिमा अवरोधकको काम गर्ने धार्मिक विश्वासहरुको उन्मुलन पनि हो ।
धर्म र पूँजीवादी विचारधारासँग जुध्ने एक महत्वपूर्ण प्रक्रिया नै वैचारिक संघर्ष हो । श्रमिक वर्गको जागरुकता र सशक्तिकरणको लागि वैचारिक संघर्ष अपरिहार्य छ । यो क्रान्तिकारी आन्दोलनको महत्वपूर्ण अंग हो जसले श्रमिक वर्गलाई उनीहरुको हक र अधिकारका लागि संघर्ष गर्न उर्जा प्रदान गर्दछ । धर्म र पूँजीवाद विरुद्धको संघर्षले मात्रै समाजमा अपेक्षित परिवर्तन ल्याउन सकिन्छ । श्रमिक वर्ग धार्मिक र पूँजीवादी मूल्यहरुको चंगुलबाट मुक्त नहोउन्जेल उनीहरु आफ्नो हक र स्वतन्त्रता प्राप्त गर्न सक्दैनन् ।
शैक्षिक सुधार
शैक्षिक सुधारको पहिलो शर्त वैज्ञानिक भौतिकवादलाई प्राथमिकता दिनु हो । लेनिनको विचारमा शिक्षा केवल ज्ञानको संकलन मात्र होइन, बरु व्यक्तिहरुलाई आलोचनात्मक रुपमा सोंच्न र धार्मिक मान्यताहरुलाई प्रश्न गर्न सक्षम बनाउने एक महत्वपूर्ण प्रक्रिया हो । यसर्थ शिक्षाको प्रकृति पनि सोहीअनुरुप निर्धारण गरिनुपर्दछ । शिक्षाले श्रमिक वर्गलाई सशक्त बनाउने र तिनीहरुको विचारगत र वस्तुगत अवस्थामा सुधार ल्याउने काम गर्नुपर्दछ ।
वैज्ञानिक भौतिकवादको आधारमा विकसित शैक्षिक प्रणालीले मात्रै व्यक्तिलाई भौतिक संसारको वास्तविकतामा आधारित भएर सोंच्न र तर्क गर्न प्रोत्साहन प्रदान गर्दछ। यदि शिक्षाले व्यक्तिमा आलोचनात्मक चिन्तनको विकास गर्दैन भने त्यो शिक्षाको कुनै पनि अर्थ रहँदैन। व्यक्तिले आफ्नो वरपर हरेक दिन घट्ने घटनाहरु र गतिविधीहरुलाई प्रश्न गरेर मात्र आफ्नो अवस्थाको विषयमा सचेत हुनुपर्दछ । आलोचनात्मक चेतको विकास बिना कुनै पनि व्यक्ति आफ्नो अधिकार र स्वतन्त्रताको विषयमा वकालत गर्न परिपक्क बन्न सक्दैन ।
शैक्षिक क्षेत्रको सुधारका लागि अर्को महत्वपूर्ण शर्त धार्मिक मान्यताहरु माथिको चुनौति । धार्मिक मान्यताहरुमाथि चुनौति नदिएर र प्रश्न नतेस्र्याएर व्यक्तिले आफ्नो वास्तविक चासो र समस्याहरु पहिचान गर्न सक्दैनन् । धार्मिक विश्वासहरुको निर्मम आलोचना नगरि श्रमिक वर्गले आफ्नो वास्तविक परिस्थितिको बारेमा जानकारी प्राप्त गर्न सक्दैन र मुक्ति पनि सम्भव हुँदैन । शैक्षिक सुधारका लागि नयाँ र वैज्ञानिक
विचारको प्रवाह र ज्ञानको पहँुचलाई विस्तार गर्नुपर्दछ । त्यस्तो विषयलाई शैक्षिक विषयवस्तुका रुपमा समेटिनुपर्दछ जुन विचारले हरेक व्यक्तिलाई विचारशील बनाओस्, सामाजिक र राजनीतिक परिवर्तनका लागि प्रेरित गरोस् ।
धार्मिक विश्वास र पूँजीवादी विचारधारासँगको संघर्ष श्रमिक वर्गको मुक्ति र सामाजिक परिवर्तनको लागि अनिवार्य छ । आलोचनात्मक सोंचको विकास र प्रचलित धार्मिक मान्यताहरुमाथि प्रश्न गर्न शिक्षामा सुधार आवश्यक छ । जब व्यक्तिले असल शिक्षा प्राप्त गर्न सक्दैन ऊ आफैमाथि भइरहेको शोषणको विषयमा जानकार हुँदैन । शिक्षा र वैचारिक संघर्ष मार्फत मात्रै एक न्यायपूर्ण समाजको निर्माण गर्न सकिन्छ र यसैबाट मात्रै श्रमिक वर्गको मुक्ति सम्भव छ ।
















