कम्बोडियाबाट स्वदेश फर्किए सभामुख घिमिरे

१२ मंसिर,काठमाडौं 

कम्बोडियाको पाँचदिने भ्रमण सकी सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन्।

पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजधानी नोमपेन्ह पुगेका सभामुख थाई एयरको जहाजबाट मंंगलबार बेलुकी काठमाडौं फर्किएका हुन्। सभामुखलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलगायत उच्च अधिकारीले स्वागत गरे।

सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपीटीपी) को ११ औँ पूर्णसत्रमा सहभागी हुन गएका हुन्। उनले आइतबार सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को ११ औँ पूर्णसत्रमा सम्बोधन गरेका थिए।

सभामुख घिमिरेले कम्बोडिया भ्रमण सफल रहेको भन्दै नेपालको शान्ति प्रक्रियाको उपलब्धि विश्वभर प्रवर्धन गर्न सफल भएको दाबी गरे। ‘नेपाल विश्वभरका जनता शान्ति, समृद्धि र मेलमिलापमा जीवन बिताउन् भन्ने चाहन्छ’, उनले भने, ‘नेपालले पछि दशक लामो गृहयुद्धलाई शान्तिपूर्ण वार्ताबाट टुंंगोमा लगेको उपलब्धि विश्वका अन्य देशलाई पनि प्रेरणादायी बन्न सक्छ। नेपालको मौलिक शान्ति प्रक्रियाको सफलता प्रवर्धन गर्न भ्रमण सफल भएको छ।’

कम्बोडिया पनि नेपालजस्तै घरेलु द्वन्द्वलाई शान्तिपूर्ण तवरले अन्त्य गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढेको बताउँदै सभामुख घिमिरेले मेलमिलापबाटै पुनर्निर्माण र समृद्धि सम्भव हुने धारणा राराखे। युद्धबाट बाहिर निस्कँदै सीमित कम्बोडियाली नेताहरूले शुरु गरेको समृद्धि यात्राबाट पाएको सफलता नेपालका लागि सिकाइको विषय हुने उनले बताए।

कम्बोडियामा रहँदा सभामुखले प्रधानमन्त्री सम्देच हुन मानेट, माथिल्लो सदन सिनेटका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री सम्देच हुन सेन, कम्बोडियाको राष्ट्रिय सभाका अध्यक्ष खुऔन सुदारीसँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation