भारतमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

भारतको दक्षिणपश्चिम राज्य महाराष्ट्रमा शुक्रबार बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। साथै कम्तीमा २० जना घाइते भएका छन्।

राज्य सरकारद्वारा सञ्चालित बस गोन्दिया जिल्लामा दिउँसो करिब १२ बजे मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको हो। बसमा करिब ३५ यात्रु सवार रहेको स्थानीय प्रहरीले  जानकारी दिएका छन्।

घाइते सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। तीमध्ये केहीको अवस्था गम्भीर रहेको सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation