रोल्पामा पहिरोमा पुरिएर पाँचजनाको मृत्यु

रोल्पामा झोलुङ्गे पुल निर्माण गर्ने क्रममा पहिरोले पुरिएर चार जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।

मृत्यु हुनेमा दुई पुरुष र दुई महिला छन्। जिल्लाको सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि खाल्डोमा काम गर्दै गरेका कामदारलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिएका छन्।

बेपत्ता एक जनाको खोजी भइरहेको प्रवक्ता शाहीले बताएका छन्। मृतकहरुको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation