लुम्बिनीमाथि जनकपुरको रोमाञ्चक जित

२३ मंसिर, काठमाडौं 

नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सको लगातार चौथो जित हात पारेको छ।  हर्ष थाकरले जनकपुरका लागि ५ विकेट लिएपछि लुम्बिनी ८ विकेटमा समेटिदैँ जम्मा १३५ रन बनाएको हो।

लुम्बिनीका लागि कप्तान रोहित पौडेल ३५, टम मुर्स ३१, आशुतोष घिरैया १४, अर्जुन साउद २०, बेन कटिङ तीन, साद विन जाफर र विवेक यादव शून्यमा आउट भए। जनकपुरका लागि थाकरको पाँचसहित ललित राजवंशी,किशोर महतो, शेर मल्ल  एक एक विकेट लिए।

टस हारेर ब्याटिङका उत्रिएको जनकपुर बोल्टका लागि शुभ कन्सकार २४ रन अविजित रहे।   कप्तान अनिल साह ४५, लाहिरू मिलान्था २४, आशिफ शेख १६, हेमन्त धामी नौ हर्ष थाकर र जिम निसम समान एक एक रन, शेर मल्ल शून्य,

अभिशेष गौतम तीन, कप्तान पौडेल र साद विन जफर समान दुई र सन्दिप जोराले एक विकेट लिए। जनकपुर जारी एनपीएलमा अपराजित छ। उसले यसअघि विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको थियो।  लुम्बिनी भने प्रतियोगितामा जितविहीन छ। तीनमा तीनै खेल हारेको लुम्बिनी अंक तालिकामा पनि पुछारमा छ। लुम्बिनीले यसअघि विराटनगर, पोखरा र सुदूपश्चिमसँग हार बेहोरेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation