काठमाडौं महानगरका पूर्वमेयर सिंहको निधन

काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ।

पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए।

उनी ०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमै बसेका थिए। गणेशमान र मंगलादेवी सिंहलाई सहयोग गरेका थिए। पीएल त्यसपछि आफ्नै निवासमा बस्न थालेका थिए।

२०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बने। पञ्चायत व्यवस्थापछि काठमाडौंका उनी पहिलो मेयर हुन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation