टिकटक बनाउने क्रममा खोलाले बगाउँदा दुई जनाको मृत्यु

खोला किनारमा टिकटक बनाउने क्रममा दुई जनाको मुत्यु भएको छ।

शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका –५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो।

विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए। खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरु खोलामा बगेका थिए।

अपराह्न खोलामा बगेका उनीहरुको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङको भनाइ छ।  शव मृतकका परिवारलाई आइतबार मात्र हस्तान्तरण गरिने प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation