राज्यमन्त्री बमको गाडी दुर्घटना, तीनजना घाइते

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम चढेको गाडी भारतको पलियामा भारतीय कारसँग ठोक्किएको छ।

राज्यमन्त्री बम चढेको प्रदेश ३०१०२४ च ३७२९ नम्बरको गाडी शनिबार बेलुका भारतीय कारसँग ठोक्किएको हो। दुर्घटनामा राज्यमन्त्री बम सकुशल रहेकाे  जिल्ला प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ।

दुर्घटनामा राज्यमन्त्रीकी श्रीमती कल्पना बम र सहयोगी पदम देउवा घाइते भएका छन्। घाइतेको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको सह–प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

भारतीय कारसँग ठोक्किएर दुर्घटना भएपछि राज्यमन्त्री बम चढेको गाडीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation