ब्राजिलमा विमान दुर्घटना : पाइलटसहित १० जनाको मृत्यु

विमान एउटा भवनको चिम्नीमा ठोक्किएर फर्निचर स्टोरमा खसेको रियो ग्रान्डे डो सुल राज्यको सुरक्षा सचिवालयले जनाएको छ। विमान रियो ग्राण्डे सुलको अर्को पर्यटकीय शहर क्यानेला नगरपालिकाबाट उडेको थियो।

‘नागरिक सुरक्षाले १० जनाको मृत्यु भएको पुष्टि गरेको छ र विमानमा कोही पनि जीवित छैनन्’, राज्य सिभिल पुलिसको आन्तरिक पुलिस विभागका निर्देशक क्लेबर डोस सान्तोस लिमाले भने।

ग्रामाडो ब्राजिलको एक चर्चित पर्यटकीय शहर हो, जहाँ क्रिसमसको मौसममा पर्यटकको उल्लेखनीय आगमन हुन्छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation