आजको मौसम: यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। साथै सुदूरपश्चिम प्रदेशको थोरै  तथा कर्णाली प्रदेशको एक दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।

मौसममा बदली भएसँगै नेपालमा थप चिसो बढ्ने भएको छ। मंसिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर बिस्तारै घटेकोमा सोमबारदेखि पुनः चिसो बढ्न थालेको महाशाखाले जनाएको छ।

दिउँसो कोशी, गण्डकी, लुम्बिनी,कर्णाली र  सुदूरपश्चिम प्रदेशको केही तथा बागमती  र मधेश प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै तथा बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

बिहान तराई तथा उपत्यका केही स्थानमा हुस्सु तथा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation