बाबु र भाइको हत्यापछि फरार रहेको जेठो छोरो पक्राउ

बालकोट फिकाधारास्थित एक घरमा बाबुछोराको हत्यामा संग्लन रहेको आरोपमा जेठा छोरा मिलन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  आचार्य आफैँ प्रहरीवृत्त महाराज पुगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक काजीकुमार आचार्यले जानकारी दिए।  प्रारम्भिक सोधपुछका क्रममा आचार्यले अपराध स्विकारेको उनले बताए।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घरभई जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य सोमबार बिहान भाडाको घरको कोठामा मृत भेटिएका थिए।

दुई बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिए पनि सँगै बस्ने जेठा छोरा आचार्य भने सम्पर्कविहीन थिए। प्रहरीले उनीमाथि आशंका गरिएअनुसार नै अनुसन्धान अघि बढाएको थियो।

छिमेकीले शनिवार साँझ तीनै जना बाबुछोरालाई सँगै खाना खाएको देखे पनि आइतवार दिनभरी र आज पनि कोठा खुलेको नदेखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख आचार्य गत मङ्सिर २८ गते बिदा लिएर बालकोटस्थित छोराहरू बस्दै आएको कोठामा आएका थिए।

दुईभाई छोरामध्ये जेठा छोरा मिलन स्नातक तह उत्तीर्ण गरेर लोकसेवाको तयारी गर्दै गरेका र कान्छो छोरा प्रवीण भने विज्ञान संकायमा स्नातक अध्ययनरत रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation