संविधान संशोधन तत्काल हुँदैन: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि समय लाग्ने बताएका छन्।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्वोधन गर्दै गृहमन्त्री लेखकले त्यसका लागि तयारी अघि बढाइने बताए।

‘हामी चरणवद्ध रुपमा संविधान संशोधनको प्रक्रिया अघि बढाउँछौँ। सबैभन्दा पहिला संविधानको १० वर्षको अभ्यासको समीक्षा गर्छौँ। अर्को चरणमा हामी विषयहरूको पहिचान गर्छौँ। त्यसपछि सबै राजनीतिक दलहरूसँग वार्ता र संवाद गर्छौँ। विषयवस्तुहरुमा सहमति गरेर अनि मात्र संविधान संशोधन हुन्छ।’ गृहमन्त्री लेखकले भने, ‘यसमा समय लाग्छ। भोलिको पर्सि संविधान संशोधन हुने होइन। केही समयपछि, केही वर्षपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ।’

उनले संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्न नभई थप सुदृढ बनाउन गर्न लागेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation