कर्णाली नदीमा डोजर पल्टिँदा एकजना बेपत्ता

कर्णाली नदीमा डोजर पल्टिँदा एकजना बेपत्ता भएका छन्।

कालिकोटको पचालझरना- ८ चाटेबगरबाट वडा नम्बर ४ को जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा शुक्रबार बेलुका डोजर पल्टिँदा डोजरसहित सहचालक नदीमा बेपत्ता भएका हुन्।

पचालझरना गाँउपालिका- ८ चाटेबगरदेखि पचालझरना- ४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएपछि थियो। डोजरसहित एकजना बेपत्ता भएको र डोजर चालक नदीमा तैरिरहेको अवस्थामा प्रहरी र स्थानीयले उद्धार गरेको पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमले जानकारी दिए।

कालीकोट खाँडाचक नगरपालिका-८ का डोजर चालकको सकुशल उद्धार गरिएको र एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्द चौधरीले बताए। ‘चालकको सकुशल उद्धार गरिएको छ । सहचालक र डोजर अहिलेसम्म फेला पर्न सकेको छैन’, उनले भने।

बेपत्ता सहचालकको नाम र ठेगाना खुल्न नसकेको र खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation