यस्तो रहनेछ आजको मौसम

पश्चिमी न्यूनचापीय प्रणालीका कारण अहिले देशभर साधरणतया देखि पूर्णतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनुको साथै पश्चिम नेपालका केही ठाउँमा वर्षा भइरहेको छ।

आइतबार पनि मधेशबाहेक ६ प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एकदुई स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ।

यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। महाशाखाका अनुसार आइतबार रातिदेखि मौसम क्रमशः सुधार हुँदै जानेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation