संसोधनवाद !

पहिला मार्क्सवादलाई लेऊ
त्यसमा सानो प्वाल बनाऊ
भित्रबाट सर्वहारा अधिनायकत्व झिक
र , बुर्जुवा अधिनायकत्व सुटुक्क हाल ।

त्यस पछि लेनिनवाद लेऊ
त्यसमा पनि सानो प्वाल पार
राज्य र क्रान्तिको सिध्दान्त झिक
सशस्त्र सङ्घर्ष पनि झिक
र, खुसुक्क शान्तिपूर्ण सङ्क्रमण हाल ।

अन्तमा माओवाद पनि लेऊ
त्यसमा पनि त्यसै गर
अर्थात सानो प्वाल पार
दिर्घकालीन जनयुध्द निकाल
सर्वहारा साँस्कृतिक क्रान्ति पनि निकाल
अनि त्यसमा हाल
बिरालो कालो भए पनि सेतो भए पनि
बिरालोको काम मुसा मार्नु हो भन्ने सिध्दान्त ।

एति गरिसकेपछि
एक पटक पूँजीपतीलाई खुसुक्क भेट
र उसलाई अझै केही कुरामा आपत्ति छ कि सोध
उसले तिम्रो झण्डामाथि प्रश्न गर्न सक्छ
तर तिमीले तत्काल झण्डा नहटाऊ ।

किन कि
जनसाधारणहरूले
तिमीले मालेमाबाट झिकेका
र मिसाएका कुराको भेउ पाउने छैनन्
उनीहरूले केवल झण्डा हेर्ने छन
लाल सलाम‌ भनेको
र कमरेड भनेको ख्याल गर्ने छन्‌
झुक्याउन राख्नै पर्ने कुरा राख
त्यसो गर्नुको कारण भन
र अनुमोदनको लागि बुर्जुवा मुख्यालयमा पठाऊ ।

प्वाल पारेको ठाउँलाई राम्रोसँग टाल
पुछपाछ र चम्किलो बनाऊ
किन कि
हरेक नक्कली सुन
सक्कलीभन्दा चम्किलो हुनु पर्छ ।

अब तिम्रो सिध्दान्त
विश्वको लागि खतरा नभएको भनेर
अनुमोदन भएर आइसकेको छ
झण्डा बोक र किसान मजदुर ठग्न हिड ।

तिमी त्यसलाई यही हो मार्क्सवाद भन
हामी भने त्यसलाई संसोधनवाद भनेर चिन्ने छौं ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation