बाघको आक्रमणबाट एक महिलाको मृत्यु

मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ।

मनहरी गाउँपालिका– ५ गुम्बाटोलकी ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रूम्बा हिजो साँझ ५ बजेतिर घरनजिकैको खोल्सामा घाँस काट्न गएकी थिइन्।

अबेरसम्म नफर्किएपछि खोजी गर्दै जाँदा राति १० बजे घरबाट करिब ५०० मिटर पूर्वतर्फ शरीरमा चोट लागेको मृत अवस्थामा रुम्बालाई फेला पारिएकोे प्रहरी निरिक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए। उनको शव अहिले पोष्टमार्टमका लागि हेटौंडा अस्पतामा राखिएको छ। बाघको आक्रमणबाट वृद्धा महिलाको मृत्यु भएपछि मनहरीमा त्रास बढेको छ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र मध्यवर्ती वनसँग मनहरी जोडिएकाले यस क्षेमा हरेक वर्ष वन्यजन्तुको आक्रमणले जनधनको क्षति हुँदै आएको छ। मनहरीमा ४ महिनाअघि भैंसीले हानेर बाघ मरेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation