होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक मृत फेला

 काठमाडौँको एक होटेलमा मृत फेला परेकी सुस्मिता खड्कासँगै बसेर फरार भएका युवक आज मृत भेटिएका छन्।

काठमाडौँको पिंगलास्थानस्थित मृत फेला परेकी खड्कासँगै बसेकाओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा झुन्डिएको अवस्थामा भेटिएका ओखल्ढुङ्गा प्रहरी कार्यालयले जानकारी दिएको छ।

ओखल्ढुङ्गाको सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुन्डिएको अवस्थामा फेला परेको ओखलढुंगाका प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले जानकारी दिए।

देवबहादुरसँगै पिंगलास्थानस्थित बागमती होटेलको ३०८ नम्बर कोठामा बस्न पुगेकी २२ वर्षीया सुस्मिताको शव गत बुधवार फेला परेको थियो।

होटलको कोठाको ढोकामा चाबी लगाएको अवस्थामा सुस्मिता मृत भेटिएकाले उनले कर्तव्य गरेर मारेको प्रहरीको निष्कर्ष छ। देवबहादुर केही अघि जापान गएर आएका र सुस्मिता पनि जापान जाने तयारीमा रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation