ड्युटीमा रहेका प्रहरीको मृत्यु

इलाका प्रहरी कार्यालय बीपीनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको ड्युटीका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक विनोद शर्माका अनुसार बुधबार बिहान ड्युटीको क्रममा एक्कासी छाती दुखेर बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको हो।

उनलाई तत्कालै स्थानीय बिपिनगर पोलिक्लिनिकमा उपचारका लागि पुर्‍याइएको थियो। सामान्य जाँचपछि थप उपचारको लागि बिहान ४बजे सेती प्रादेशिक अस्पताल धनगढीमा रिफर गरिएको थियो।

अस्पतालले पालीलाई आज विहान पौने ७ बजे मृत घोषणा गरेको शर्माले बताए। मृतक पालीको स्थायी घर डडेलधुरा जिल्लाको भागेश्वर गाउँपालिका–५ रूपालमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation