
२५ पुस, दाङ
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान अन्तर्गतकाे संगीत विभागकाे आगामी फागुनमा हुने सांगीतिक एवम् साँस्कृतिक कार्यक्रमकाे तयारी बैठक घाेराहीमा सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकाे संगीत विभाग प्रमुख कर्ण गाैतम “विद्राेही” को विशेष उपस्थितमा सो बैठक बुधबार घोराहिमा सम्पन्न भएको हो ।
लुम्बिनी प्रदेश स्तरमा हुनगइरहेकाे “जीवन, श्रम र संगीत” काे अन्तरसम्बन्धबारे बृहत् कार्यक्रम गर्ने याेजनालाई कसरी मुर्तरुप दिन सकिन्छ भन्ने विषयमा दाङमा क्रियाशील विभिन्न क्षेत्रका वाैद्धिक एवम् प्राज्ञिक व्यक्तिहरुबिच अन्तरक्रित्मक छलफल भएको हाे ।
छलफलमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, संगीत विभाग प्रमुख विद्राेही, डा.गोबिन्द आचार्य , राम प्रसाद जैसी, नारायण योगी, पुरन शर्मा, सिता बिक, प्रमाेद धिताल, यज्ञबहादुर डाँगी, लाेकराज आचार्य, पदम प्रसाद पाेख्रेल, हिरा डिसी,लक्ष्मी चाैधरी लगायतको उपस्थिति रहेकाे थियाे भने कार्यक्रमका विषयमा सबै सहभागीहरुले आफ्नो धारणा राखेका थिए । छलफल खासगरी सांस्कृतिक / साहित्यिक क्षेत्रमा कृयाशील ब्याक्तित्वहरुका बिच सम्पन्न भएको हाे । छलफलमा उत्साहपूर्वक सहभागी भएर आफ्नो सुझावमूलक धारणा राख्ने सबैलाई विद्राेहीले धन्यवाद सहित आभार व्यक्त गरे ।
कार्यक्रमकाे विषयमा बाेल्दै विद्राेहीले लुम्बिनी प्रदेशव्यापी रुपमा छलफल गर्ने उदेश्यले जीवन, दर्शन र संगीतबारे गहनतम छलफल गर्न खाेजिएकाे बताए । त्यस्तै डा. गाेविन्द आचार्यले बदलिएको परिवेशमा जीवन, दर्शन र संगीतका विविध पाटाबारे गहिरो खाेज र अनुसन्धान जरुरी रहेकाे बताउँदै हाम्रो सामाजिक रुपान्तरण कता छ ? हामी श्रमबाट किन भागिरहेका छाैँ ? समाज किन बिग्रहमा भासिएकाे छ भन्ने सवाललाई महत्वपूर्ण ढंगले उठाउन जरुरी रहेकाे बताए ।
आचार्यले माैलिक लाेक संस्कृति र परम्परागत बाजा एवम् गीतसंगीत र नृत्य काेमामा पुगेकाे प्रति चिन्ता व्यक्त गरे । उनले किंग्रिया बाजा मुस्लिम समुदायकाे निकै लाेपाेन्मुख अवस्थामा रहेकाेले त्यसकाे उजागर गर्न जरुरी रहेको बताए
माैलिक संस्कृतिकाे महत्त्व बाेकेकाे ताजिया बाजा बजाएर जीवन निर्वाह गर्नेहरु पनि ठुलो संकटमा परेकाे बताए ।
आगामी फागुनमा लुम्बिनी प्रदेश राजधानी दाङकाे देउखुरीमा हुने कार्यक्रममा विषय विज्ञद्वारा कार्यपत्र प्रस्तुत गरिने छ भने गतिविधिकाे संगालाेकाे रुपमा लुम्बिनी घाेषणापत्र जारी गर्ने र बुक/जर्नल प्रकाशन गरिने आयाेजक संस्थाले जनाएको छ ।