पूर्वपश्चिम राजमार्गमा पुल भासिदा यात्रुलाई सास्ती

२६ पुस, नवलपरासी

जिल्लाको (बर्दघाट सुस्ता पूर्व) बिनयी त्रिवेणी गा.पा. वडा नं. १ बिनयपुल स्थित पूर्वपश्चिम राजमार्गमा रहेको बिनयी पक्की पुल भाँचिएको छ । पुलकाे पूर्व पट्टीको भाग अचानक भाच्चिन जाँदा बुटवलबाट चितवन तर्फ जाँदै गरेको NL01AH 5169 नं.को ७४ चक्के टेलर समेत फसेकाे थियाे ।

पुल भाँचिएकोपछि राजमार्ग अवराेध भएपनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

राजमार्गकाे पुल भाँचिएपछि त्रिवेणी गा.पा. वडा नं. २ ज्यामिरेबाट भित्री बाटो त्रिवेणी क्रसर हुदै गुम्बाचोक निस्कने वैकल्पिक सडकखण्ड साना गाडीहरु चलिरहेका छन् भने ठुला सवारी साधन ज्यामिरे पेट्रोलपम्प नजिकैबाट सिजीचोक, डाँडाचौर, होङसी गेट निस्कने गरी वैकल्पिक बाटो प्रयोग गरी यातायात सुचारु गरिएको प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोलि खटिई उक्त पुल मर्मतको लागी आवश्यक पहल गरिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation