उपराष्ट्रपति यादवद्वारा एकता दिवसको शुभकामना सन्देश

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको विविधतालाई एकताबद्ध गर्न राष्ट्रिय एकता दिवसले योगदान पुर्‍याएको बताएका छन्।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसमा शुभकामना व्यक्त गर्दै  यादवले सिङ्गो नेपालीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउन राष्ट्रिय एकता दिवसले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

उनले नेपालको विविधतायुक्त संस्कृति, वेशभूषा, भाषा र धर्महरूको बिचमा एकताको उत्सव मनाउन यो दिवस महत्त्वपूर्ण अवसर भएको तर्क गरेका छन्। ‘मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्न राष्ट्रिय एकता दिवसले सबैलाई उत्प्रेरित गर्न सक्नुपर्छ’, उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation