धार्मिक “फण्डा” छाेडेर वृक्षारोपण गरी मृतककाे दाहसंस्कार

२ माघ, सर्लाही

भौतिकवादी समाज नेपालको सर्लाही जिल्ला समिति सदस्य खेम विश्वकर्माको बुवा बिष्णुलाल सुन्चौरीको ७२ बर्षको उमेरमा असामयिक निधन भयाे । याे दुखद निधनमा भौतिकवादी समाज नेपालको अगुवाइमा पारिवारिक सहमतिमा वृक्षारोपण गरी दाहसंस्कार गरियाे ।

वृक्षारोपणुहितकाे दाहसंस्कारकाे सम्पूर्ण काम बर्दिबास न.पा. ६ किसाननगरमा समापन गरिएको हाे ।

भाैतिकवादी समाज नेपाल महोत्तरी जिल्ला अध्यक्ष उपेन्द्र भगतको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सहजकर्ता सर्लाही जिल्ला समिति सदस्य जीवन शाह शंकरले गरेका थिए।
कार्यक्रममा भौतिकवादी समाज नेपालको केन्द्रीय अध्यक्ष वैद्यनाथ श्रमजीवी, केन्द्रीय सदस्य रोशन जनकपुरी तथा रौतहट जिल्ला अध्यक्ष विनोद काफ्ले, सिराहा जिल्ला अध्यक्ष शिवकुमार माहरा, महोत्तरी जिल्ला अध्यक्ष उपेन्द्र भगत तथा सदस्यहरू गङ्गा सापकोटा, भीमकुमार राउत, शंकर महतो, बुद्धमाया कोइराला, धनुषा जिल्ला सदस्य जयप्रकाश शाह, हिरादेवी दास, ललितपुरका महादीप पोखरेल, सर्लाही जिल्ला सदस्य सरोज विश्वकर्मा, काठमाडौँ उपत्यका सदस्य मोहन शाहशंकर, वैज्ञानिक समाजवाद कम्युनिस्ट पार्टी नेपालको महासचिव विश्वभक्त दुलाल आहुती, तथा विभिन्न पार्टी र समाजिक संघसंस्थाको प्रतिनिधिहरू र नाता आफन्त समेतको सहभागिता रहेको थियो।

कार्यक्रममा अध्यक्ष श्रमजीवीले सबै मानिस एकचोटि जन्मन्छन् र सबै एकचोटी मर्छन्, जन्मिनु र मर्नु प्राकृतिक घटना हो त्यसकारण यसलाई कुनै अनौठो कुरा मान्नु परेन यो संसारमा कुनै स्वर्ग कुनै नर्क छैन न त कुनै आत्मा नै छ मानिस मरेपछि सबै कुरो सिद्धिने हुनाले धार्मिक अन्धभक्तकाे भ्रमबाट मुक्त रहेर समाजमा दिगो रुपान्तरण गर्ने साझा उदेश्य राख्नुपर्ने बताए ।

उनले मान्छेको मृत्यु पश्चात गरिने धार्मिक कर्मकाण्ड पाखण्ड बाहेक केही नभएकोले हाम्रो समाजमा केही व्यक्तिहरूले आफ्नो जीविकोपार्जनको लागि धार्मिक कर्मकाण्ड बनाएर विभिन्न धर्मका पाखण्डहरुबाट समाजलाई पीडा दिइरहेकोले अब भौतिकवादी समाजले यसबाट मुक्ति दिनुपर्नेमा जाेड दिए ।

श्रमजीवीले एकथरी मानिसले नभएको आत्मालाई मुक्ति दिने र स्वर्ग पुर्याइदिने भनेर हजारौं वर्षदेखि मानिसहरुलाई भ्रममा राखेर ठग्दै आएको हुनाले अब यो ठगीधन्दालाई बन्द गर्न पनि भाैतिकवादी समाज लागिपरेको बताए ।
भौतिकवादी समाजले मान्छे भित्र भएका सबै खालको विभेद र अन्धविश्वासको विरोध गर्दै सबै मानिस समान रहेको वैज्ञानिक धारणा बनाउने कुरालाई जाेड दिएर देशैभर व्यापक प्रचारप्रसारमा लागिरहेकाे छ ।

अब कसैले समाजमा धार्मिक कर्मकाण्ड नगरेबापत वा अन्धविश्वास छोड्योवापत कसैलाई पनि जातभात काटिदिन्छु भनेर धम्काउनु वा घुर्काउनु पर्दैन अब वैज्ञानिक जीवनशैलीमा हिँड्न चाहनेहरूको लागि उसको पछाडि ढाल बनेर भौतिकवादी समाज उभिन तयार रहेको वक्ताहरुले जिकिर गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य रोशन जनकपुरीले कम्युनिस्ट पार्टीहरू भित्र रहेको फासिजमले गर्दा समाजभित्र लैङ्गिक विभेद र सांस्कृतिक विभेद तथा अन्धविश्वास अझै पनि बलियो गरी कायम रहेको र स्वयं यसको सिकार कम्युनिस्ट पार्टीका सदस्यहरू समेत हुने गरेको कुरा बताएका थिए। अब कम्युनिष्टहरू आफूलाई सुधार्दैन भने समाजभित्र पुरै नाङ्गिने अवस्था उत्पन्न हुन्छ। त्यसैले कोही आफूलाई कम्युनिस्ट भन्छ भने ऊ उसको जीवनशैली कुनै पनि अर्थमा अध्यात्मवादी हुनु हुँदैन भौतिकवादी अथवा द्वन्दात्मक भौतिकवादी संस्कृतिकाे अवलम्बन गरिएको हुनुपर्ने बताए ।
कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिव आहुतिले २१ौं शताब्दी विज्ञान र प्रविधिको शताब्दी भएको हुनाले अब पनि समाजमा अन्धविश्वासमा हिँडिराख्नुपर्ने आवश्यकता नरहेको तथा संसारको सबै धर्म मानव हितमा नरहेको बताएका थिए। अबका पुस्ताले जन्मदेखि मृत्युसम्म सम्पूर्ण संस्कारहरू गर्नुपर्ने कुरामा जोड दिएका थिए साथै भौतिकवादी समाजले आयोजना गरेको यस कार्यक्रमप्रति सराहना गर्दै धन्यवाद समेत दिएका थिए। अब यस्तो कार्यक्रमहरू चारैतिर हुन थालेको छ भौतिकवादी समाज बलियो बनोस्। र समाजभित्र आत्माको बारेमा बहस थालोस् भन्ने माग समेत गरेका थिए।

भाैतिकवादी समाजकाे अगुवाइमा हुने जन्म, मृत्यु र अन्य संस्कार धार्मिक कुसंस्कार र कुरितीबाट मुक्त रहेर वैज्ञानिक विधि र प्रक्रियालाई अपनाएर दिगो सामाजिक सद्भाव कायम राख्ने लक्षका साथ काम गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation