बालयौन दुरूपयोगमा मदन राई दोषी ठहर

१३ माघ, काठमाडौं 

जिल्ला अदालत खोटाङले बालयौन दुरूपयोगको आरोपमा सुभद्रा मदन फाउन्डेसन (शुभम) का संस्थापक मदन राईलाई दोषी ठहर गरेको छ।

आफैंले स्थापना गरेको उक्त फाउन्डेसनमा पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो।

न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले माघ १० मा राईलाई दोषी ठहर गरेको जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईले बताए।

उनका अनुसार सजाय निर्धारणका लागि माघ २५ मा अर्को पेसी तोकिएको छ।

तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपित दोषी ठहर भएमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ।

राईले फाउन्डेसनमा रहेका बालबालिकामाथि गरेको यौन दुर्व्यवहारबारे सेतोपाटीले प्रमाणसहित एक वर्षअघि समाचार प्रकाशित गरेको थियो। त्यसपछि प्रहरीले राईलाई नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation