आज सोनाम ल्होछार, देशभर सार्वजनिक विदा

१७ माघ, काठमाडौं 

सोनाम ल्होछार २८६१ शुरु भएको छ। बिहीबार गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदै छ।

सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ।

सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन्। ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने छारको नयाँ हुन्छ।

सोनाम ल्होछार उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेषगरी तामाङ समुदायको घरघरमा कम्तीमा पाँच दिन मनाउने गरिएको छ।

ल्होछारमा विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घरघरलगायत सार्वजनिक स्थानमा दर्ज्यु गाड्ने, छो प्रसाद वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र भेटघाट र सामूहिक भोज तथा साँस्कृतिक कार्यक्रम गर्ने चलन छ।

सोनाम ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation