ट्रक दुर्घटनामा एक व्यवसायीको मृत्यु

नरहरिनाथमा मिनी ट्रक दुर्घटना हुँदा व्यवसायीको मृत्यु भएको छ।

नरहरिनाथ–८ लालु गाउँबाट फर्किने क्रममा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको मिनी ट्रक स्थानीय हलेसे भीरमा दुर्घटना भएको हो।

दुर्घटनामा परी नरहरिनाथ(५ रुप्सा घर भएका गाडी साहु ४५ वर्षीय गंग देउवाको मृत्यु भएको हो। लालु गाउँबाट मकै र भटमास खरिद गरेर स्थानीय बजार खुलालु हुँदै सुर्खेत फर्किने क्रममा ओरालोमा मिनी ट्रक दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डीएसपी टेक बहादुर रावतले बताए।

राति भएको दुर्घटनामा घाइते देउवालाई प्रहरीले भीरबाट निकालेर उपचारको लागि मान्म लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी रावतको भनाइ छ। उनकाअनुसार गाडी सडकबाट २ सय ५० मिटर तल खसेको छ। पलाता ८ घर भएका चालक हाम फालेर बच्न सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation