यी प्रदेशमा आज हल्का हिमपात सम्भावना

३ फागुन, काठमाडौं 

 पाँच प्रदेशमा शनिबार हल्का हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हो।

तराईका केही भूभागमा हुस्सु-कुहिरो लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव  छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation