प्रविधिको प्रयोग गरेर विकास निर्माणलाई तिव्रता दिन्छौं- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोगबाटै उत्पादन र विकास निर्माणको कामलाई तिव्रता दिनुपर्ने बताएका छन् ।

सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘आइटी र प्रविधिको प्रयोग गर्छौं । उत्पादन, विकास र सुविधाका लागि प्रविधिको समेत प्रयोग गरेर विकास निर्माणलाई तिव्रता दिन्छौं,’ प्रधानमन्त्री ओलीले भने ।

उनले कम खर्च बढी लाभ दिनेगरी प्रविधिको प्रयोग गर्ने पनि बताए । ‘हामीले आफ्नो मनोवललाई उच्च राखौं । हामी गर्न सक्छौं । कुनै पनि देश अर्काले आएर बनाइदिँदैन,’ प्रधानमन्त्री ओलीले भने ।

प्रविधिको प्रयोग गरेर आधुनिकतातर्फ छिटो अगाढि बढ्न सक्ने उनले बताए ।

‘हामीले प्रयोग गर्ने ल्याकत अलिकति विकास गर्नुपर्छ । मोबाइल सबैको हातमा छ, मोबाइलको कसरी प्रयोग गर्ने भन्नेमात्रै हो,’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation