टोरन्टोमा पल्टियो विमान, ३ जना गम्भीर घाइते

तस्विर- बीबीसी

क्यानडाको टोरेन्टोमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ । दुर्घटनामा तीनजना गम्भीर घाइते भएका छन्।

विमानमा ८० जना सवार थिए। सबैलाई विमानबाट निकालेर सुरक्षितस्थानमा राखिएको अमेरिकी संघीय उड्डयन प्रशासनले जनाएको छ।

प्रहरीले दुर्घटनाको वरपरको परिस्थितिबारे केही बताएको छैन। विमान दुर्घटनापछि २६ उडान डाइभर्ट गरिएका छन्।

क्यानडाकी यातायात मन्त्री अनिता आनन्दले घटनालाई गम्भीररूपमा लिएको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation