स्वर्गद्वारीका जनप्रतिनिधिहरुलाई दुई दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न

७ फागुन, प्युठान

स्वर्गद्वारी नगरपालिका को न्यायिक समिति को आयोजनामा जनप्रतिनिधिहरूका लागि दुई दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

फागुन ६ गतेबाट सुरु भएको कार्यक्रम बुधवार सम्पन्न भएको हो । स्वर्गद्वारी नगरपालिका न्यायिक समितिका संयोजक तथा नगर उपप्रमुख मिनराज राना मगरको अध्यक्षतामा भएको कार्यक्रम नगरपालिकाका जनप्रतिनिधिहरुलाई कानुुनी प्रकृयामा सहजता होस भन्नका लागि कार्यक्रम आयोजना गरेको नगर प्रवक्ता सुरज संगम सुनारले बताए ।
उद्घाटन सत्रमा प्यूठान जिल्लाका न्यायाधीश श्रीमान हिरण्यप्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर प्रमुख टेकप्रसाद भण्डारी, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्माको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा अध्यक्षहरु ,कार्यपालिका सदस्यहरू र वडा सदस्यहरू, न्यायिक समितिका सदस्यहरू को उपस्थीति रहेको थियो ।
स्वर्गद्वारी नगरपालिका २ को सामुदायिक मगर होमस्टे धनबाङमा भएको कार्यक्रममा जनप्रतिनिधिहरूको क्षमता विकास, कामकाज गर्नको निमित्त आइपर्ने कानुनी जटिलताहरूलाई सहजताको निम्ती कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा जिल्ला न्यायाधीश श्रीमान हिरण्यप्रसाद भण्डारीले आफूलाई बोलाएर कार्यक्रम उद्घाटन तथा कानुन सम्बन्धी आफूले जानेबुझेका कुराहरू राख्ने तथा सहजीकरण गर्ने अवसर दिएकोमा खुसी व्यक्त गर्दै व्यक्ति हेरेर भन्दा कानुन बुझेर कानुन अनुसार न्यानिरुपणमा लाग्नु पर्ने बताएका छन सथै न्यायको पक्षमा स्वर्गद्वारी नगरपालिका र न्यायकीक समितिलाई धन्यवाद ज्ञापन गरेका छन ।
बुधवार समापन भएको कार्यक्रममा दाङ जिल्ला अदालतका श्रेष्तेदार तथा उपसचिव डामोडर घिमिरेले कानुनी सचेतनासम्बन्धी सहजीकरण गरेका थिए । समापन कार्यक्रममा बोल्दै उपप्रमुख मिनराज राणा मगरले यस्ता कार्यक्रमहरू स्वर्गद्वारी नगरपालिकाको नौ वटै वडामा लिएर जाने कार्यक्रम तय भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation