टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–३, हासपोखरीमा भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ। टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा रहेका बाबुछोराको मृत्यु भएको हो।

सूर्योदय नगरपालिका–६, फाजीगाउँका ४० वर्षे दीर्घराज राई र उनका बुबा ७० वर्षे पवनकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ। झापाबाट घर फर्किंदै गर्दा दीर्घराजले चलाएको प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट गइरहेको को १ ख ६४६२ नम्बरको टिप्परले ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा झापाको बिएन्डसी अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ। टिप्पर चालक इलामको माइजोगमाई गाउँपालिका २, शान्तिचोकका ३० वर्षे खगेन्द्र थामीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation