जुम्लामा स्याउ रोप्दै विप्लव !

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द “विप्लव” स्याउँ रोप्न जुम्ला  पुगेका छन्।

जुम्ला सदरमुकामदेखि हिँडेर एक दिन लाग्ने हिमा गाउँपालिका ७ धाचुमा स्याउँ रोप्न आएका विप्लवलाई नेकपा जुम्लाका नेता कार्यकर्ता तथा स्थानीय जनताले बाजागाजा र फूलमालाले स्वागत गरेका छन्।

चार दिनदेखि चलिरहेको पार्टीको स्कुलिङ्ग तथा स्याउ रोप्ने कार्यक्रमका लागि नेकपाका महासचिव विप्लव सहितको टोली जुम्ला पुगेको छ।

नेकपाका जुम्ला जिल्ला इन्चार्ज विर्खबहादुर शाही ‘प्रभाजित’ का अनुसार महासचिव विप्लवका साथमा नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढामगर, महासचिव विप्लवको जीवन सङ्गीनी सहितको टिम जुम्ला पुगेको हो।

नागरिकको स्वागत कार्यक्रममा संक्षिप्त कुरा राख्दै महासचिव विप्लवले जनतालाई कृषिमा आत्मनिर्भर बनाउन जुम्लामा स्याउँ रोप्न आएको बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation