
दम्पतीको टाउको र शरीरका विभिन्न भागमा चोटहरूको निशान पाइएको छ, जसबाट घातक हतियार प्रयोग गरेर बीभत्स तरिकामा हत्या गरिएको देखिएको प्रारम्भिक अध्ययनले सङ्केत गरेको प्रहरी निरीक्षक निरञ्जन रिजालले जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसीसहितको अनुसन्धान टोली शनिवारदेखि नै घटनास्थलमै रहेको प्रहरी निरीक्षक रिजालले बताए । उनले भने,’ घटना हेर्दा हत्या भएको देखिन्छ, हामी अनुसन्धानको नजिक पुगेका छौँ।’
घटनास्थललाई सिलबन्दी गरी म्यानुअल र प्राविधिक तवरबाट अनुसन्धान अगाडि बढाइएको छ। अनुसन्धान टोलीले शङ्कास्पद व्यक्तिहरूसँग सोधपुछ गर्दै, सबुत प्रमाणहरू जुटाउने र थप प्रमाण सङ्कलन गर्न कुकुरको मद्दत लिइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले बताएको छ। आफ्नै घरमा सुतेका दम्पती बिहान अबेरसम्म नउठेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए । खबर पाउना साथ प्युठान प्रहरी घटना स्थल पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी बस्यालका अनुसार मृतक दम्पती घरमा एक्लै बस्दै आएका थिए। उनीहरूका चार छोरा छिमेकी देश भारतमा बस्दै आएको र दुई छोरी विवाह भई दाङमा बस्दै आएका थिए।
घटनाको पूरा विवरण आउन बाकी !