सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प, एक कैदी घाइते, भोटेकोशीमा पहिरो

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु बनाएर ६ दशलमव १ म्याग्निच्यूडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो।

काठमाडौँलगायत आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

यस्तै भोटेकोशी गाउँपालिका-३ दुगुनागढीमा पहिरो गएको जानकारी पाएको उनले बताए। यसैगरी इलाका प्रहरी कार्यालय कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ। ‘अन्यत्रको प्रहरी परिचालन गरी जानकारी लिने काम भइरहेको छ,’ प्रजिअ थापाले भने।

भूकम्पको अवधि छोटो भएको हुनाले त्यति क्षति नभएको अनुमान गरेको उनले बताए। ‘छोटो अवधि भएको हुनाले सामान्य असर पारेको हुनसक्छ’, उनले भने, ‘२०७२ को भूकम्पपछि घर निर्माण मापदण्ड पालना भएकाले पनि कम क्षति भएको हुनसक्छ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation