धनगढीको एक सामुदायिक वनमा दुई जना मृत फेला

कैलालीको धनगढी उपमहानगरपालिका–९ सालघारीस्थित शैलेश्वरी सामुदायिक वनमा दुई जना मृत फेला परेका छन्।

धनगढी उपमहानगरपालिका–१० बस्ने अन्दाजी ३२ वर्षीय देवल चौधरी र सोही ठाउँका अन्दाजी ३४ वर्षीय कैदा राना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

सो कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार चौधरीको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो। साइकलमा सामान बाध्ने रबरले पासो लगाएर झुन्डिएको अवस्थामा देवल फेला परेको उनले बताए।

सैगरी, चौधरी घटनास्थलभन्दा केही टाढा भुइँमा पल्टिएको अवस्थामा रानाको शव फेला परेको जनाइएको छ।

बिहान वनमा दुई वटा शव देखेपछि स्थानीयले अस्थायी प्रहरी पोष्ट जुगेडालाई खबर गरेका थिए। घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation