वर्तमान सरकारकै कमजोरीको कारण युवा पलायन बढिरहेको : झलनाथ खनाल

 नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकार संकटका पोका बोकेर हिँडेको आरोप लगाउँदै त्यसको एउटा पोको भर्खरै जारी गरिएका अध्यादेश भएको टिप्पणी गरेका छन्।

मंगलबार नेपाल प्रेस संगठनले धनुषामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले यस्तो बताएका हुन्। उनले अध्योदश ल्याउनुपर्ने के जरुरी अवस्था आईपर्‍यो? भनेर प्रश्नसमेत गरे। उनले संवैधानिक व्यवस्थाअनुसार कुनैपनि कानूनहरु  सामान्य रुपमा बनाउन सकिने उल्लेख गर्दै उनले सामान्य रुपमा कानून बनाउने कुरामा कसैको पनि अवरोध नगरेको उल्लेख गरे।

उनले सरकारले अध्यादेश ल्याउनुको औचित्य पुष्टि गर्न नसकेको उनको भनाइ छ। उनले अध्यादेश ल्याउनुपर्ने प्रक्रिया नमिलेकै कारण आफ्नो पार्टी अध्यादेशको समर्थन गर्न नसक्ने बताए।

उनले भने, ‘अहिले जुन सरकार छ, झन्डै दुई तिहाईको सरकार भारी बर्कम सरकार भएपनि अनेक संकट पोका बोकेर हिँडेको छ। त्यसमध्येको एउटा पोको अहिले भर्खरै जारी गरिएको अधयादेश पनि हो। अध्यादेश ल्याउनुपर्ने के जरुरत छ यो मुलुकमा? जब कि संविधान अनुरुप कुनैपनि ऐनहरु सामान्य रुपले बनाउन सकिन्छ। सामान्य प्रक्रियाबाट ऐन बनाउने कुरामा कसैले पनि अवरोध गरेको छैन। यो अवरोध नै नभएको बेलामा अध्यादेश ल्याउनुपर्ने कुनै आवश्यकता नै होइन। अध्यादेशहरु तत्काल कानून बनाउन नसकेको विशेष अवस्थामा ल्याइने चिज हो। त्यस्तो के विषेश अवस्था छ त अहिले नेपालमा?’

उनले वर्तमान सरकारकै कमजोरीको कारण युवा पलायन बढिरहेको बताए। उनले वर्तमान सरकारले मान्छे बेच्नको लागि ठाउँ ठाउँमा मेनपावर कम्पनी खोलेर बसेको गम्भीर आरोप लगाए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation